Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सले डाक्याे विशेष साधारण सभा, कहिले र के छन् विशेष एजेन्डा ?

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, १२ : ४६ मा प्रकाशित

किसान माइक्रोफाइनान्सले डाक्याे विशेष साधारण सभा, कहिले र के छन् विशेष एजेन्डा ?

अर्थ संसार काठमाडाैं - किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे फागुन १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत ६ गते बिहीबार होटल शान्ति लम्कीचुहा-१ लम्की, कैलालीमा बिहान ११ बजे सुरू हुनेछ ।

यसैगरी, सभामा एनआरएन लघुवित्तसँग गाभिने सम्बन्धमा प्रस्ताव पारित गरिने विशेष एजेन्डा रहेकाे छ ।

त्यस्तै, सभामा शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने, प्राप्ती सम्बन्धमा गठित कमिटि, संयुक्त मर्जर कमिटि र सञ्चालक समितिमा यस संस्थाको प्रतिनिधित्व लगायत समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका खर्च लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्ने र प्रक्रिया पूरा भएपश्चात रहने संस्थाको नाम, ठेगाना, कार्यक्षेत्र र सञ्चालक सम्बन्धी प्रस्ताव पारित गरिने लगायतका विशेष एजेन्डा रहेका छन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको