Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरलको साधारणसभा : लाभांश बढाउन संचालकलाई शेयरधनीको दबाब !

अर्थ संसार

आइतबार, २५ फागुन २०७६, ०५ : ५६ मा प्रकाशित

आइएमई जनरलको साधारणसभा : लाभांश बढाउन संचालकलाई शेयरधनीको दबाब !

अर्थ संसार, काठमाडौं– आइएमई जनरल इन्स्योरन्स लिमिटेडले २२ औं वार्षिक साधारणसभा शनिबार लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभाले सामन्य प्रस्वात र विशेष प्रस्तावहरु पारित गरेका छ । सभाले संचालक समितिबाट प्रस्ताव भएको बमोजिमको रकम ३२ लाख २२ हजार ९ सय ४६ र पैसा ३७ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

आइएमई जनरलको संचालकमा यी ५ जना निर्वाचित, महिलाको उम्मेदवारी नै परेन 

त्यसै गरी साधारणसभामा विशेष प्रस्तावमा कम्पनीको हालको चुक्ता पुँजीको ६ प्रतिशत शेयर जारी गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजीको अनुपात संस्थापक शेयरधनी समह तर्फ ८० प्रतिशत  र सर्वसाधारण शेयरधनी समूह तर्फ २० प्रतिशत रहेकोमा सो संसोधन गरी संस्थापक शेयरधनी समूह तर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनी समूह तर्फ ४० प्रतिशत कायम गर्ने गरी प्रबन्धक पत्रको दर्फा ७ (क)  संसोधन गर्ने, कम्पनीको नियमावलीको नियम ६ क (१) संसोधन गर्ने र संशोधन प्रबन्धपत्र तथा नियमावली अभिलक गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

शेयरधनी डमरु बल्लभ घिमिरको आरोप : IGI को प्रगति भन्दा संचालकको लाइसन रिन्यु गर्ने मात्रै काम भयो

साधारणसभामा बोल्ने शेयरधनी डमरु बल्लभ घिमिरे,अमृतनाथ रेग्मी, मेजर कुवेर श्रेष्ठ लगायका शेयरधनीले आगामि आर्थिक वर्षमा लाभांश दिन आग्रह गरेका छन् ।

 

5e635cef1db29.jpg 5e635d01df9b5.jpg 5e635d06d0534.jpg 5e635d0bf270c.jpg 5e635d0fc6826.jpg 5e635d1946b33.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको