Like us!
Follow us!
Connect us!
Watch us!

डेढ करोड मानिस क्वारेन्टाइनमा: भागेमा ३ महिना जेल हुने इटली सरकारकाे घोषणा

भुबी पनेरू

आइतबार, २५ फागुन २०७६, १२ : ०८ मा प्रकाशित

डेढ करोड मानिस क्वारेन्टाइनमा:  भागेमा ३ महिना जेल हुने इटली सरकारकाे घोषणा

अर्थसंसार काठमान्डाैं- कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि इटलीमा डेढ करोडभन्दा बढी मानिसलाई १ महिनासम्मका लागि क्वारेन्टाइनमा राखिएको छ।

कोरोना संक्रमण फैलिएको लोम्बार्डी र वित्तीय क्षेत्र मिलानलगायत स्थानमा गरी १ करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा आउने अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ।

क्वारेन्टाइनबाट भागे ३ महिना जेल सजाय भोग्नुपर्ने इटली सरकारले घोषणा गरेको छ।

कोरोनाभाइरसको संक्रमणका लागि व्यायामशाला, पौडीपोखरी, संग्रहालय स्कि रिजोर्ट पनि बन्द गरिने बीबीसीले जनाएको छ।

युरोपेली मुलुकमध्ये सबैभन्दा बढी इटलीमा कोरोना संक्रमण फैलिएको छ।

करोड मानिसको बसोबास रहेको लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन्।

कोभिड-१९ बाट इटलीमा मृत्यु हुनेको संख्या २ सय ३० पुगेको छ।

अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुगेको छ।

यस्तै संक्रमणमा पर्नेको संख्या ५ हजा ८८३ पुगेको पुगेको इटलीको राष्ट्रिय स्वास्थ्य निकायले जानकारी दिएको छ।

मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको जनाइएको छ। विश्वकै धेरै उमेर भएका नागरिक रहेको देशमध्ये इटली पनि एक हो।

 इटलीलाई संक्रमण फैलिन नदिन गम्भीर रूपमा लाग्न विश्व स्वास्थ्य संगठनलकाे सुझाव छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको