सोमबार, २४ चैत २०७६
अब जति रिचार्ज त्यती बाेनस
बुधबार, १२ चैत २०७६

अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले महामारीकाे समयमा आफ्ना ग्राहकहरूलाई थप सेवा पुर्याउने हिसावले नयाँ सेवा सञ्चालनमा ल्याएकाे छ ।

टेलिकमले आज (बुधबार) रातिबाट नै आफ्ना ग्राहकलाई जति रिचार्ज गर्याे त्यती बराबरकै बाेनस उपलब्ध गराउने भएकाे छ । 

त्यस्तै, उक्त सेवा अन्तर्गत ग्राहकहरूले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा उक्त रकम बराबरकै बाेनस प्राप्त गर्न सक्ने टेलिकमले जनाएकाे छ । 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved