Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट सरकारकाे कोरोनाबारे जानकारी दिने नयाँ वेब पोर्टल सञ्चालन

निशा हुमाँगाई

शनिबार, १५ चैत्र २०७६, १२ : ३२ मा प्रकाशित

आजबाट सरकारकाे कोरोनाबारे जानकारी दिने नयाँ वेब पोर्टल सञ्चालन

 अर्थ संसार, काठमाडौं -  सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न आजदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ ।

कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरू उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले आजदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सूचना र ज्ञान सीप आदान प्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । आजदेखि यो लर्निङ पोर्टल पूर्ण रूपमा सञ्चालनमा आउँदैछ ।

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थकर्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरूको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समाधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए । 

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारीहरू ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरूको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ उनले भने । 

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरूलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।

डाँफे हेल्थ डकटकम लग इन गरे पछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

त्यसैगरी, उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वास्थकर्मीहरूले पाउने सूचना तथा जानकारीहरू प्रमाणित सूचना मात्र हुने बताए । 

बाइटको लागि यो लिंकमा जान सकिन्छhttps://youtu.be/OiJdrQ4R7YE
स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनको भिडियो प्रशारण यहाँबाट हेर्न सक्नुहुनेछ :
https://www.facebook.com/mohpnep/videos/203462447756023/?t=1312

5e7ef6849e855.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको