Like us!
Follow us!
Connect us!
Watch us!

अब निजी अस्पतालकाे सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट

निशा हुमाँगाई

सोमबार, १७ चैत्र २०७६, १३ : २० मा प्रकाशित

अब निजी अस्पतालकाे सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट

अर्थ संसार, काठमाडौं - सम्पूर्ण निजी अस्पतालहरूले चैत्र मसान्तसम्म आफूले प्रदान गर्ने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएका छन् । 

हाल संसारभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले र उक्त महामारीविरुद्ध सारा विश्वले नै लडाँइ लडिरहेको परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण निजी अस्पताल तथा सेवा प्रदायकहरुले चैत्र मसान्तसम्म आफूले प्रदान गर्ने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । 

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको संगठन (अफिन) ले आफ्ना सम्पूर्ण सदस्य तथा स्वास्थ्य सेवा प्रदायकलाई २०७६ चैत्र मसान्तसम्म सबै सेवामा २० प्रशित छुट दिन व्यवस्था मिलाइएको जानकारी दिएकाे छ । 

त्यसैगरी, यो छुट अस्पतालले पनि खरिद गर्नुपर्ने औषधी, इम्प्लान्ट्सलगायतका सामानमा भने लागु हुने छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको