Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : विश्वभर ४२ हजार ३४४ को मृत्यु, कुन देशमा कति ?

निशा हुमाँगाई

बुधबार, १९ चैत्र २०७६, १३ : ५० मा प्रकाशित

काेराेना अपडेट : विश्वभर ४२ हजार ३४४ को मृत्यु, कुन देशमा कति ?

अर्थ संसार, काठमाडौं –  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेको छ ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा एकै दिन (हिजोमात्र) ८३७ नागरिकको ज्यान गएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य :

इटालीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् ।

स्पेनमा ९५ हजार ९२३ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ४६४ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा १ लाख ८८ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को मृत्यु भएको छ । यसैबीच ७ हजार २५१ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५२३ को मृत्यु भएको छ । यसैबीच ९ हजार ४४४ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।

इरानमा ४४ हजार ६०५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८९८ को मृत्यु भएको छ । यसैबीच १४ हजार ६५६ निको भएर फर्किएका छन् ।

बेलायतमा २५ हजार १५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७८९ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

जर्मनीमा ७१ हजार ८०८ कुल सङ्क्रमित भएका छन् भने, ७७५ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएर फर्किएका छन् ।

बेल्जियममा १२ हजार ७७५ कुल सङ्क्रमित भएका छन् भने, ७०५ को मृत्यु भएको छ । यसैबीच १ हजार ६९६ निको भएर फर्किएका छन् । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको