Like us!
Follow us!
Connect us!
Watch us!

थपियाे लकडाउन : अब बैशाख ३ गतेसम्म

निशा हुमाँगाई

सोमबार, २४ चैत्र २०७६, १६ : ४१ मा प्रकाशित

थपियाे लकडाउन : अब बैशाख ३ गतेसम्म

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज (साेमबार) बसेको मन्त्रिपरिषद्काे बैठकले लकडाउन अझै ८ दिनका लागि थप्ने निर्णय गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ लकडाउन थपिएकाे हाे ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि घोषणा गरेको लकडाउनकाे अवधी एक साताकाे लागि अर्थात बैशाख ३ गतेसम्मलाई थप्ने निर्णय गरेकाे हाे । 

यसैगरी, सरकारले पहिलाे पटक चैत्र ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । त्यस पश्चात फेरी सरकारले दाेश्राे पटकमा चैत्र २५ गते राति १२ बजेसम्मलाई लकडाउन थपेकाे थियाे ।  आज सरकारले तेश्राे पटक बैशाख ३ गतेसम्मलाई लकडाउन थप्ने निर्णय गरेकाे छ ।

हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको