Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

निशा हुमाँगाई

सोमबार, २४ चैत्र २०७६, १७ : २३ मा प्रकाशित

राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी  नियुक्त

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । साेमबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले आगामी ५ वर्षे कार्यकालको लागि अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन् ।

यसअघि अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले पूर्व अर्थसचिव राजन खनाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सिफारिस गरेको थियाे । 

उक्त सिफारिसकाे आधारमा मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेको हो ।

त्यसैगरी, चैत्र ५ गतेबाट तत्कालिन गभर्नर नेपालको पदावधि सकिएपछि चिन्तामणि सिवाकोटीले कामु गभर्नरका रूपमा राष्ट्र बैंक चलाइरहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको