Like us!
Follow us!
Connect us!
Watch us!

दैनिक हजारौं मजदुरलाई खाना खुवाउँदै गोरखनाथ आश्रम

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, ११ : १५ मा प्रकाशित

दैनिक हजारौं मजदुरलाई खाना खुवाउँदै गोरखनाथ आश्रम

अर्थ संसार, काठमाडौं –  विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानव जिवन अस्तव्यस्त बनिरहेको अवस्थामा लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ ।

हाँडीगाउँ पञ्चेधारा स्थित आश्रमले विगत २४ दिनदेखि वीर अस्पताल अगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकी साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पिडित मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको उक्त अभियानका संयोजक महाराज योगी विश्वनाथ सन्तले बताएका छन् ।

जहाँ–जहाँ खानाको अभाव, त्यहाँ-त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूरहरुलाई खाना खुवाउँदै गरेको र योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आँटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था आश्रमले गरेको छ ।

युवा समाजसेवी स्वयंसेवकहरु र गोरक्ष सेवक लगायत संचारकर्मी सुर्य चन्द र नेपालको पहिलो महिला चलचित्र निर्देशक, संचारकर्मी र समाजसेवी सुचित्रा श्रेष्ठले सुरुवाती दिन देखि यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै सहयोगको साथमा सहभागी भएर दैनिक रुपमा खाना खुवाउने कार्यमा निरन्तर सेवा गर्दै आएको कुरा योगी विश्वनाथले बताएका छन् । 

जागो गोरक्ष जागोका गोरख सेवकहरुको समूहले दैनिक अहोरात्र खटेर खाना बनाउने र वितरण गर्ने कार्य गर्दै आएको र पछिल्लो समय काठमाडौँ  महानगरपालिकाले समेत खाद्यान्न सहयाेग गर्दै आएको यस अभियानका सदस्य जनक ढुंगानाले बताए । यसैगरी,अन्य विभिन्न समाजसेवी व्यक्तित्व लगायत एकीकृत ग्रामीण विकास केन्द्र,  नेपाल प्रहरी श्रीमती संघ द्वारा संचालित आसरा केन्द्र रानीबारीले समेत केहि खाद्यान्न, तरकारी सहयोग गरेको ढुंगानाले जानकारी गराए।

पवित्र सेवाभावले सुरु गरिएको खाना खुवाउने यस अभियानमा कुनै पनि अन्य संघ संस्थाहरुको सहकार्य नभएको र गोरखनाथ मठ हाँडीगाउँ बाट मात्र संचालित भएको कुरा अर्का सामाजिक अभियन्ता शिब अग्रवालले बताए।

“आश्रमले श्रमिक मजदुरहरुलाई मात्र नभएर अलपत्र परेका, पिडित दुखि र राहत नपाएका भोकाहरु सम्पूर्णलाई काठमाडौँको विभिन्न स्थानहरु बाट खाना वितरण गर्दै आएको र लकडाउन अवधिभर यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने संचारकर्मी कलाकार तथा समाजसेवी सुर्य चन्दले जानकारी गराएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको