Like us!
Follow us!
Connect us!
Watch us!

घारखोला जलविद्युत् आयोजना निर्माण सुरु

मंगलबार, ०८ चैत्र २०७३, १७ : ०८ मा प्रकाशित

घारखोला जलविद्युत् आयोजना निर्माण सुरु

अर्थ संसार 

बाबियाचौर (म्याग्दी)–अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले रु दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो ।

आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए । शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युत्गृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ ।

तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ । पहिलो चरणमा बाँध र सुरुङ रहने स्थलसम्म जाने पहुँचमार्गको ट्र्याक खोल्ने र पुरानो सडकलाई स्तरवृद्धि गर्ने काम भइरहेको छ । रासस
 

यो पनि पढ्नुहोस्

तयार भएर बस्नुहोस, बजारमा हिमालयन बैंकको एक लाख ४५ हजार ५६० सेयर कित्ता लिलामीमा आउँदै

जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै नेपाल टेलिकम 

लगानी गर्ने ठाँऊ खोज्नु भएको हो, राष्ट्र बैंकको ऋणपत्र आजदेखि खुल्योपाँच अर्बको ऋणपत्रमा  कसले लगानी गर्न सक्छन् ?

सरकारको ढुकुटीमा रु १० खर्ब विदेशी मुद्रा१३ महिनाको धान्छ खर्च, भारतीय रकम बढी, अमेरिकी डलर पछ्याँउँदै

सेयर बजार उकालो बाटोमा, ३८ अंकले बढेको बजारमा एक अर्ब ४२ करोडको कारोबार 

स्थानीय तहका कार्यकारीमा जथाभावी सरुवा, निजामती कर्मचारी संगठनको विरोध 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको