Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाकाे संक्रमणबाट बच्न रक्सी खाँदा गयाे ७ सय बढिको ज्यान

सराेज खनाल

विहीबार, १८ बैशाख २०७७, ११ : ५८ मा प्रकाशित

कोरोनाकाे संक्रमणबाट बच्न रक्सी खाँदा गयाे ७ सय बढिको ज्यान

अर्थसंसार, काठमाडाैं-  काेराेना चाइरसकाे संक्रमणबाट जाेगिन विषाक्त मादक पदार्थ सेवन गर्दा ७ सय बढीकाे ज्यान गएकाे छ । 

इरानमा रक्सी सेवन गर्दा कोविड संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेपछि उनीहरूकाे मृत्यु भएकाे सरकारी अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७ सय २८ जनाको मृत्यु भएको हो। गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरूले अत्यधिक रक्सी सेवन गरेका थिए। इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो।

देशमा कोविड संक्रमण फैलिन थालेपछि उनीहरूले अत्यधिक मात्रामा रक्सी सेवन गरेका थिए। इरान कोविड संक्रमण फैलिएको हिसाबले खाडीकै सबैभन्दा बढी प्रभावित देशमा पर्दछ।

शुरुमा ५ हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले बताए । विषाक्त रक्सीका कारण आँखा खराब भएर मृत्यु भएको उनकाे चनाइ छ ।

इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ। यद्यपि रक्सी सेवनका कारण कोविडबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौं व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सी सेवन गरेका थिए।

विषाक्त रक्सीले उनीहरूमा छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुने जस्ता समस्या देखिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको