Like us!
Follow us!
Connect us!
Watch us!

बाहिर जाँदै हुनुहुन्छ ? एकचाेटी नियम हेर्नुस् नत्र फसिएला

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, ०८ : ३१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेपाल सरकारले आज (आइतबार) बाट काठमाडाैं उपत्यकाभित्र सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागू गर्ने भएको छ ।

आजबाट बैंक तथा वित्तीय संस्थाहरू, अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री बोकेका गाडीहरू सूचारू गर्न दिइने भएकाले ‘टाइम कार्ड’ लागू गरिएकाे  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

यसैगरी,  ‘टाइम कार्ड’ का अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने सक्नेछन् भने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म घर फर्किसक्नु पर्नेछ । निर्माण सामग्री बोकेका ठूला ट्रक र टिपर बेलुका ८ बजे प्रवेश गरेर बिहान ६ बजेभित्र गन्तव्यसम्म पुगिसक्‍नु पर्ने छ ।

त्यसैगरी, दैनिक उपभोग्य वस्तु तथा इन्धन बोक्ने सवारीहरू बिहान ४ देखि १० बजेभित्र मात्रै सञ्चालन हुन पाउने छन् । औषधि र खानेपानीको सवारी साधनको हकमा भने टाइम कार्ड लागू हुने छैन । उक्त सवारी साधनहरु जुनसुकै बेला पनि चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको