Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासन पश्चात नेपाल पुनर्बीमा कम्पनीले गर्याे राम्रै प्रगति

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १३ : ४४ मा प्रकाशित

आइपीओ निष्कासन पश्चात नेपाल पुनर्बीमा कम्पनीले गर्याे राम्रै प्रगति

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा ६२ करोड ३३ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  ११.७२ प्रतिशतले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ५५ करोड ७९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ अर्ब १ करोड ७१ लाख १५ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्ष कम्पनीले २ अर्ब ९९ करोड ६ लाख ७८ हजार खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ र बीमाकोषमा १ अर्ब ४७ करोड रुपैयाँ रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ebcfc2ee2de7.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको