Like us!
Follow us!
Connect us!
Watch us!

आज मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, ११ : १९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे साढे २ बजेबाट मन्त्रिपरिषदको बैठक बस्दैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसअघि मन्त्रिपरिषद बैठक बस्नेछ । साढे दुई बजे बस्ने मनित्रपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । 

सरकारले आज (शुक्रबार) आगामी बर्षका लागि नीति ताथ कार्यक्रम ल्याउँदैछ ।सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले कोरोना जोखिमसँगै कृषि, स्वास्थ्य, शिक्षा र  रोजगारीका कार्यक्रमलाई नीति कार्यक्रममार्फत अघि सार्दैछ । 

त्यसैगरी, सरकारको नीति तथा कार्यक्रम पास भएपछि संविधानअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको