Like us!
Follow us!
Connect us!
Watch us!

झन्डै २ कराेड नाफा रहेकाे जनउत्थान सामुदायिक लघुवित्तकाे कति छ चुक्ता पूँजी ?

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, ११ : ४९ मा प्रकाशित

झन्डै २ कराेड नाफा रहेकाे जनउत्थान सामुदायिक लघुवित्तकाे कति छ चुक्ता पूँजी ?

अर्थ संसार काठमाडाैं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ८२ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ०.२५ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ८२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५७ लाख ७१ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २०.३९ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड २९ लाख ३३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा २ करोड ६४ लाख ६ हजार रुपैयाँबाट घटेर १ करोड ३० लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ, जगेडा कोषमा ८ करोड ७७ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ  २३८ रुपैयाँ ४२ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ebe330ed2c1c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको