Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा झन्-झन् बढ्दै संक्रमित

निशा हुमाँगाई

शनिबार, ०३ जेठ २०७७, १३ : ०९ मा प्रकाशित

भारतमा झन्-झन् बढ्दै संक्रमित

अर्थ संसार, काठमाडौं - भारतमा गत २४ घण्टामा ३ हजार ९७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । याे सँगै भारतमा कोराेना संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा शुक्रबार एकै दिनमा १०३ जनाकाे मृत्यु भएको छ । याे सँगै भारतमा कोराेनाबाट मृत्यु हुने व्यक्तिको संख्या २ हजार ७५२ जना पुगेको छ । काेराेना संक्रमणबाट निको भएका बिरामीको संख्या ३० हजार १५२ जना रहेको छ भने ५३ हजार ३५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र २९ हजार १०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा कोरोना भाइरस संक्रमणका ४० प्रतिशत महाराष्ट्रका नागरिक रहेका छन् । महाराष्ट्रमा ६ हजार ५६४ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ १० हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा ९ हजार ९३१ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ९३१ पुगेको छ ।

संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको