Like us!
Follow us!
Connect us!
Watch us!

फेरि थपिए ३ जना नयाँ संक्रमित

निशा हुमाँगाई

शनिबार, ०३ जेठ २०७७, १२ : ४९ मा प्रकाशित

फेरि थपिए ३ जना नयाँ संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएकाे परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा सङ्क्रमण देखिएको हाे । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । 

शनिबार बिहान पनि बर्दिया, सिराहा, पर्सा र चितवनमा ६ जनामा सङ्क्रमण देखिएको थियो ।

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको