Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट सेनाले ल्यायो अत्यावश्यक स्वास्थ्य सामग्री

निशा हुमाँगाई

मंगलबार, ०६ जेठ २०७७, ११ : ५७ मा प्रकाशित

चीनबाट सेनाले ल्यायो अत्यावश्यक स्वास्थ्य सामग्री

अर्थ संसार, काठमाडौं – नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो । स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज आज बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज सोमबार राति ग्वाङ्जाओ उडेको थियो ।

ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो । बुझिएअनुसार सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७.५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको