Like us!
Follow us!
Connect us!
Watch us!

रहेनन् गुल्मीका संक्रमित, मृत्यु हुनेको संख्या ३ पुग्यो

निशा हुमाँगाई

विहीबार, ०८ जेठ २०७७, १० : ४६ मा प्रकाशित

रहेनन् गुल्मीका संक्रमित, मृत्यु हुनेको संख्या ३ पुग्यो

अर्थ संसार, काठमाडौं – रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित युवाको मृत्यु भएको छ । 

भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जानकारी दिएका छन् । यस्तै, प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरेका छन् । 

यसैगरी, कोरोनाबाट मृत्यु भएका उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ । उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरि परिक्षण गर्न लागिएको छ । मृतकका आफन्त पनि अस्पतालमा जम्मा भएका अध्यक्ष पाण्डेले बताएका छन् ।

गुल्मीको मदाने गाउँपालिका - ६ का ४१ वर्षीय पुरूष जेठ एक गतेदेखि अस्तपालमा उपचाररत रहेका थिए । ज्वरो आउने तथा टाउको दुख्ने समस्याले आएका ती पुरूषको स्वाब संकलन गरी राष्ट्रिय गहुँबाली अनुसन्धान प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।

त्यस्तै, यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पनि कोरोना भाइरसकाे संक्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ जना पुगेको छ भने ४५ जना निको भएर घर फर्किएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको