Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे प्राइम लाइफकाे नाफा, कस्ता छन् अरू सूचक ?

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, १२ : ३० मा प्रकाशित

बढ्याे प्राइम लाइफकाे नाफा, कस्ता छन् अरू सूचक ?

अर्थ संसार काठमाडाैं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ११.८५ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ अर्ब २३ करोड ७५ लाख ८० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १९.६३ प्रतिशत अर्थात ३६ करोड ७२ लाख रुपैयाँले धेरै हाे । गत वर्ष कम्पनीले १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ३०.८४ प्रतिशतले बढेर १० अर्ब ६६ करोड ६ लाख ३० हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको थियो । कम्पनीकाे महाविपत्ती कोषमा १२ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी  २ अर्ब ७९ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५ करोड ४१ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ०६ पैसा रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको