Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा काेराेना संक्रमितकाे संख्या हजार नाघ्याे : बिहीबार एकैदिन थपिए १५६ जना संक्रमित

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १४ : ३१ मा प्रकाशित

नेपालमा काेराेना संक्रमितकाे संख्या हजार नाघ्याे : बिहीबार एकैदिन थपिए १५६ जना संक्रमित

अर्थ संसार, काठमाडौं – बिहीबार पनि एकैदिन १५६ जना नयाँ संक्रमित थपिएर नेपालमा काेराेना भाइरसले रेकर्ड ब्रेक गरेकाे छ । यसअघि एकैदिन सबैभन्दा बढी ११४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १०४२ जना पुगेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये ९४० जना पुरूष र १०२ जना महिला रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको