Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा एकैदिन थपिए झण्डै ८ हजार संक्रमित

निशा हुमाँगाई

शनिबार, १७ जेठ २०७७, १३ : ३० मा प्रकाशित

भारतमा एकैदिन थपिए झण्डै ८ हजार संक्रमित

अर्थ संसार काठमाडाैं - भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको भएको हो । थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ७३ हजार ७६३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ । यो सँगै कुल मृतकको संख्या चार हजार ९७१ पुगेको छ ।

पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ८६ हजार ४२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना सङ्क्रणमुक्त भएका छन् ।

त्यस्तै, भारतमा पटक पटक गरेर देशव्यापी लकडाउनको अवधि थपिँदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइँदै लगिएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको