Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाले थप एक युवकको मृत्यु

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, ०८ : ३५ मा प्रकाशित

कोरोनाले थप एक युवकको मृत्यु

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको हाे ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए अनुसार बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको हाे ।

यसैगरी, यही जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर फर्किएका उनकाे सोही दिन राति २ बजे मृत्यु भएकाे थियाे ।

मृत्यु भएपछि बिहीबार नै स्वाब संकलन गरी सदरमुकाम वीरेन्द्रनगर पठाइएकोमा  पीसीआर रिपाेर्ट पाेजेटिभ आएकाे हाे । 

 यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि पनि नेपालमा सिन्धुपाल्चोक, गुल्मी, बारा, बाँके, ललितपुर,अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पाका १–१ जना गरी १० जनाको मृत्यु भइसकेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको