Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना काे लक्षण नभएकालाई परीक्षण नै नगरी घर पठाउँने सरकारको निर्णय

मिलन खड्का

शनिबार, २४ जेठ २०७७, ०७ : ३९ मा प्रकाशित

कोरोना काे लक्षण नभएकालाई परीक्षण नै नगरी घर पठाउँने सरकारको निर्णय

अर्थ संसार, काठमाडौं। क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी घर पठाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण नदेखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने भएको छ ।

लक्षण नभएकालाई भने १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने गाइडलाइनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ ।’

सरकारले उपयुक्त मात्रामा पीसीआर परीक्षणको व्यवस्था नगरेपछि आफूअनुकूल गाइडलाइन बनाएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले दाबी गरे । ‘सरकारले आफ्नो अक्षमता लुकाउन आफ्नोअनुकूल गाइडलाइन बनाएको हो,’ उनले भने ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले यस्तो नीतिले संक्रमण झन् विस्तार हुन सक्ने चेतावनी दिए । ‘विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने भनिरहेका छन्,’ उनले भने, ‘कुनै परीक्षण नगरी घर पठाउने वा हाललाई आरडीटी मात्रै गर्ने सरकारी निर्णयले संक्रमण अझ विस्तार हुनेछ ।’

स्वास्थ्य मन्त्रालयको दैनिक कोभिड अपडेटमा प्रवक्ता डा। विकास देवकोटाले अधिकांश नयाँ संक्रमित क्वारेन्टाइनमा बसेको बताउँदै आएका छन् । ‘सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुष भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेपछि आरडीटी परीक्षणमा नेगेटिभ आउँदा घर फर्केका हुन्,’ डा. देवकोटाले शुक्रबारको अपडेटमा भने, ‘घर जाँदा मृत्यु भयो, पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकाले हाल मृत्यु हुनेको संख्या ११ पुगेको छ ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको