Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपले डाक्याे साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, १५ : ५५ मा प्रकाशित

ङादी ग्रुपले डाक्याे साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

अर्थ संसार, काठमाडौं - ङादी ग्रुप पावर कम्पनी लिमिटेडले छैठाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे जेठ २७ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा असार १० गते बुधबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडाैंमा बिहान १० बजेबाट सुरू हुनेछ । 

यसअघि फागुन २७ गते मंगलबार गर्ने भनिएकाे सभा नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले सार्वजनिक रुपमा ठुला प्रकारकाे सभा, सम्मेलन तथा औपचारिक कार्यक्रमहरु गर्न उच्च जोखिम रहेको भन्दै यस्ता भेलाहरू नगर्नका लागि आदेश दिएकाले स्थगित गरिएकाे थियाे ।

त्यसैगरी, सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट चुक्ता पुँजीकाे १० प्रतिशतका दरले नगद लाभांश (करसहित) दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

कमपनीले हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई तल उल्लेख गरे अनुसारकाे विशेष सुरक्षा अपनाउन आग्रह गरेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :  

5ee89cc79c063.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको