Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोषले गर्यो अर्थमन्त्री युवराज खतिवडा समक्ष वार्षिक प्रतिवेदन पेश

अर्थ संसार

विहीबार, ११ असार २०७७, १० : ५२ मा प्रकाशित

कर्मचारी सञ्चय कोषले गर्यो अर्थमन्त्री युवराज खतिवडा समक्ष वार्षिक प्रतिवेदन पेश

अर्थ संसार, काठमाडौं– कर्मचारी सञ्चय कोषले वार्षिक प्रतिवेदन अर्थमन्त्री युवराज खतिवडा समक्ष पेश गरेको छ । कोषले मंगलबार कर्मचारी कोष ऐन २०१९ ले गरेको व्यवस्था अनुसार  आफ्नो वर्षभरको कामकाजको वार्षिक प्रतिवेदन अर्थमन्त्री खतिवडा समक्ष पेश गरेको हो ।

कोषले आर्थिक वर्ष  वर्ष २०७५/७६ (२०७५ श्रावण १ देखि २०७६ आषढ मसान्तसम्म सम्पादन गरेको  कार्यहरु, वि.स. १९९० देखि २०७६ सालसम्मको कोषको विकास क्रमको झलक, कोषको आन्तरिक तथा वाह्य पक्षको विश्लेषण, कोषको २०७५/७६ को मुख्य कारोबार कोष सञ्चालक समितिका अध्यक्ष एवम् अर्थ  मन्त्रालयका सविच (राजश्व ) रामशरण पुडासैनीले अर्थ मन्त्री खतिवडा समक्षा पेश गरेका थिए ।

त्यसै गरी सञ्चयकर्तालाई प्रदान गरिएका सेवा  तथा सुविधा, वित्तीय विश्लेषण, आर्थिक वर्ष २०७५/७६ मा भएका प्रमुख गतिविध, कोषको भावी योजना र कोषको लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण समावेश भएको सञ्चालक समितिबाट स्वीकृत वार्षिक प्रतिवेदन कोष सञ्चालक समितिका अध्यक्ष एवम् अर्थ  मन्त्रालयका सविच (राजश्व ) पुडासैनीले अर्थ मन्त्री खतिवडा समक्षा पेश गरेका थिए ।

सातै वटा प्रदेशमा शाखा कार्यालयको कोषमा ४५२ जना कर्मचारी मध्ये १०० जना महिला कर्मचारी रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा कोषमा नीजि क्षेत्रका २७ हजार सहित ६० हजार थप सञ्चयकर्ता आवद्ध भएका छन् । 

कोषको विस्तृत प्रगती यस प्रकारको छ  ।

5ef43314a8c31.jpg 5ef4331950f2c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको