Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा स्वावलम्बन लघुवित्तको शेयर काराेबार फुक्का

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, ११ : ३७ मा प्रकाशित

नेप्सेमा स्वावलम्बन लघुवित्तको शेयर काराेबार फुक्का

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार फुकुवा गरिएकाे छ । 

असार ९ गते मंगलबारकाे निर्णय अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (४) बमाेजिम संस्थाकाे धितोपत्र सूचीकरण स्थगन फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले गत फागुन २० गतेबाट संस्थाकाे शेयरधनीहरुले बोनस शेयर तोकिएको समयमा पाउने सुनिश्चिता हुन अवस्थामा अन्याैल भई लगानीको हित विपरित भएकोले उक्त विषयको टुङ्गो नलागेसम्म स्पष्टीकरण माग गर्दै कारोबार स्थगन गरेकाे थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5ef43d4a3b652.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको