Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले एनआईसी एशिया लद्युवित्तको आइपिओमा आवेदन दिनुभयो ? आज अन्तिम मौंका

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, ०७ : ४० मा प्रकाशित

तपाईले एनआईसी एशिया लद्युवित्तको आइपिओमा आवेदन दिनुभयो  ? आज अन्तिम मौंका

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम मौका रहेको छ । लघुवित्तले गत असार १० गतेबाट ४७ लाख ५५ हजार कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको थियाे ।

लघुवित्तले जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको