अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङमा 'ए प्लस' (CARE-NP A+) रेटिङ प्राप्त गरेको छ ।
केयर रेटिङमा ए प्लस रेटिङले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रूपैयाँ मुनाफा कमाउन सफल भएको र आर्थिक वर्ष २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रूपमा रहेको छ ।  
त्यस्तै, हाल  बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस