Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई लघुवित्तको साधारण सभा आज हुँदै

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, ०६ : ३९ मा प्रकाशित

यी दुई लघुवित्तको साधारण सभा आज हुँदै

अर्थ संसार, काठमाडाैं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज (असार २२ गते, साेमबार)  हुँदैछ ।

एनएमबि लघुवित्तकाे जेठ ३० गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैं वार्षिक साधारण सभा संस्थाकाे केन्द्रिय कार्यालय परिसर, पाेखरा कास्कीमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

यसैगरी, आँधिखोला लघुवित्तकाे जेठ ३१ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा हाेटेल गाउँबेशी वालिङ-८, वालिङ स्याङ्जामा बिहान ११:३० बजेबाट सुरू हुनेछ ।

एनएमबि लघुवित्तकाे सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीकाे ०.६३२ प्रतिशत नगद लाभांश (बाेनस शेयरकाे कर प्रयाेजनकाे लागि मात्र)  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाकाे हाल कायम चुक्ता पूँजीकाे १२ प्रतिशतका दरले बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरिँदैछ । 

त्यसैगरी, दुवै कम्पनीकाे सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको