Like us!
Follow us!
Connect us!
Watch us!

४ इन्स्योरेन्सको आइपिओ आउँदै, हेर्नुस् कुन कम्पनीको कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, ०९ : ०७ मा प्रकाशित

४ इन्स्योरेन्सको आइपिओ आउँदै, हेर्नुस् कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – विगत तीन महिनादेखि बन्द भएर खुलेकाे शेयर बजारमा धमाधम साधारण सेयर (आईपीओ) जारी भइरहेका छन् ।

लकडाउन पश्चात हालसम्म २ वटा कम्पनी अर्थात एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरिसकेका छन् भने अजोड इन्स्योरेन्सले पनि आउँदाे (असार २५ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । लकडाउनकै बीच नेपाल पुनर्बिमा कम्पनी लिमिटेडकाे आईपीओ पनि बाँडफाँड भएकाे थियाे ।

यता विभिन्न १७ वटा कम्पनीहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आईपीओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । तीमध्ये ३ वटा इन्स्याेरेन्स कम्पनी रहेका छन् । पाइपलाइनमा रहेका ३ वटा कम्पनी र आउँदाे बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला हुने अजोड इन्स्योरेन्स समेत गरी ४ वटा इन्स्याेरेन्स कम्पनीकाे साधारण सेयर (आईपीओ) आउँन थालेका हुन् ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

१. अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड :

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गते, बिहीबारबाट प्रति कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने कम्पनीले जनाएकाे छ ।

२. जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड :

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ५ गते शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

३. रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

४. सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड :

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको