Like us!
Follow us!
Connect us!
Watch us!

ङादी  ग्रुप पावरले धमाधम पठाउँदै लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १० : ४९ मा प्रकाशित

ङादी  ग्रुप पावरले धमाधम पठाउँदै लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं –  ङादी ग्रुप पावर लिमिटेडले शेयरधनीहरुको बैंक खातामा धमाधम नगद लाभांश पठाइरहेको छ । 

कम्पनीको असार १० गते बुधबार सम्पन्न भएकाे छैठाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीकाे १० प्रतिशत नगद लाभांश (करसहित) आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा असार १६ गतेदेखि नै जम्मा गरिरहेकाे छ ।

त्यसैगरी, कम्पनीले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न आग्रह गरेकाे छ ।

कम्पनीकाे शेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको