Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ लगानीकर्ताकाे प्रवेशले सेयर बजार उचाइतिर

अर्थसंसार

विहीबार, ०२ पुस २०७७, १८ : ११ मा प्रकाशित

नयाँ लगानीकर्ताकाे प्रवेशले सेयर बजार उचाइतिर

कोरोनाको कारण अहिले बिश्वकै अर्थ व्यबस्था अस्तव्यस्त भएको छ । नेपाल जस्तो अविकसित राष्ट्रहरुको आर्थिक अवस्था त झनै उठ्नै नसक्ने गरि थिलोथिलो भएकाे छ । एकातिर सम्पूर्ण आर्थिक गतिबिधिहरु ठप्प भएका छन् भने अर्कोतिर जनता र सरकारसँग भएका आर्थिक स्रोतहरु समेत कोरोना नियन्त्रणका  लागि खर्च गर्नु परेकाे छ । 

बिश्वमा कोरोनाको प्रभाव बढेसँगै नेपालमा पनि सरकारले २०७६ चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेकाे थियाे । त्यसपछि सेयर बजार पनि पूर्ण रुपमा ठप्प नै भयो । चैत्त ९ गते नेप्से १८.२० अंकले घटेर १२५१.४५ पुगेको थियो । उक्त दिन ४८ लाख ५ सय २७ कित्ता सेयर किनबेच हुँदा १९ करोड ४६ लाख ५२ हजार ९४८ रुपैयाको कारोबार भएको थियो । 

 चैत ११ गतेबाट बन्द भएको सेयर बजार करिब डेढ महिनापछि बैशाख ३० गते दैनिक २ घण्टा कारोबार गर्ने गरि खुल्यो । तर २ घण्टा पनि नपुग्दै २ प्रतिशतले नेप्से घटेपछि कारोबार बन्द हुन पुग्यो । उक्त दिन १ घण्टा २५ मिनेटमा जम्मा १० करोड ४३ लाख रुपैयाको कारोबार भयो । 

बैशाख ३० र ३१ गते २ दिन कारोबार भए पनि लगानिकर्ताहरुकै बिरोध र कोरोनाको बढ्दो संक्रमणबिच सेयर बजार पुन बन्द गरियाे । जेठ १ गतेबाट बन्द भएको सेयर बजार जनजिवनलाई बिस्तारै सामान्य बनाउदै लैजाने सरकारको निति अनुरुप असार १५ गतेबाट खुल्यो । 

असार १५ गते सेयर कारोबार खुलेसंगै सेयर बजारमा पहिरो नै गयो । बजार खुलेको ४० मिनेटमै ४ प्रतिशतको सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित हुन पुगेको थियो । उक्त दिन समग्रमा नेप्से १.०७ ले घटेको थियो ।  

 तर असार १६ गते भने सेयर बजारमा हरियाली छायो । बजार खुलेको ४८ मिनेटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्यो भने खुलेको १ घण्टा १७ मिनेट पुग्दा ५ प्रतिशतले बढेपछि पुनः दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लगाईएको थियो । सेयर बजार खुलेको २ घण्टामै नेप्से ६ प्रतिशतले बढेर सेयर बजार बन्द हुँदा नेप्से १ हजार २६०.६५ को बिन्दुमा पुग्यो । 

समग्र बजार कोरोनाका कारण तहसनहस भइरकेको बेला सेयर बजारले भने यहाँबाट आफ्नो उकालो यात्रा तय गर्यो । कारोनाका कारण अधिकांश मानिसहरु घरमा बन्द हुनु र अनलाईनबाट सेयरको सम्पूर्ण कारोबार गर्न सकिने अनलाईन टिएमसको बिकास भएसँगै नेपालमा सेयर बजार उकालो लागेको यथार्थलाई नजरअन्दाज गर्न सकिदैन । 

अहिले दैनिक जसो सेयर कारोबारको रकमले पनि रेकर्ड बनाईरहेको छ । लकडाउन अघिसम्म करोडौमा हुने कारोबार रकम अहिले अरबौमा पुगेको छ । कोरोनाको कारण गरियको बन्दाबन्दी अगाडि १ हजार २ सय ५१ रहेको नेप्से अहिले २ हजार नाघिसकेको छ । 

कोरानाको कारण नेपालका सबै क्षेत्रहरु नकारात्मक देखिएको भए तापनि सेयर बजारमा भने हरियाली छाएको छ । असार १५ गते पछिका २/४ दिनको छिटपुट घटनाबाहेक अधिकांश दिनहरुमा सेयर बजारले आफ्नो उकालो यात्रा तय गरिरहेको छ ।  

दिनानु दिन सेयर बजारमा नयाँनयाँ लगानीकर्ताहरूको प्रवेशले सेयर बजारको यो यात्रामा अझै व्याक गेयर लाग्ने संभावना करिब देखिदैन । नेप्सेको उकालो यात्रा कहाँ पुगेर टुङ्गिन्छ भन्ने कुराको अनुमान गर्न सेयर बजारका धुरन्धर पंडितहरुलाई समेत हम्मे परिरहेको छ । 

लकडाउन अगाडि करिब ४ लाखको संख्यामा रहेका डिम्याट खाताहरु अहिलेसम्म आइपुग्दा करिब १० लाख संख्यामा पुगिसकेकाे छ । कुनै समयमा राम्रराम्रा कम्पनीका आइपिओहरुमा पनि आबेदन नपर्ने अवस्था थियो । मेरो सेयरको बिकास भएसंगै अहिले बैकमा धाउनु पर्ने बाध्यता हटेको छ । जसले गर्दा आइपिओ खोलेको पहिला दिनमै मागभन्दा बढी सख्यामा आबेदन परिरहेको छ ।

केहि पहिलेसम्म सेयरको कारोबार कपाल फुलेका बुढापाकाहरुले गर्छन् भन्ने मानसिकता थियो । अहिले बिस्तारै यो मानसिकता पनि हट्दै गइरहेको छ  । सेयर बजारमा युवा पुस्ताहरुको प्रबेशसँगै नेपालको सेयर बजार नयाँ उचाईमा पुग्ने अनुमान सहजै गर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको