Like us!
Follow us!
Connect us!
Watch us!

'मार्चमा बटम लगेर नेप्से एग्रेसिभ्ली बढ्ने गरेको इतिहास छ !'

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १८ : ०५ मा प्रकाशित

'मार्चमा बटम लगेर नेप्से  एग्रेसिभ्ली बढ्ने गरेको इतिहास छ !'

प्राविधिक विश्लेषक सुबास चन्द्र ढुङ्गानाले नेप्सेले अगस्ट महिनामा टप लगाउने र मार्च महिनामा बटम लगाउने गरेको इतिहास प्रस्तुत गरेका छन।  आफ्नो फेसबुक पेजमा एउटा चार्ट पोस्ट गर्दै उनले नेप्सेले कसरी सन् २००२ देखि नै अगस्टमा टप र मार्चमा बटम लगाउने गरेको छ भन्ने तथ्य  प्रस्तुत गरेका हुन्।  

यस अघि सन् २००७ को डिसेम्बरमा १०६४ को बिन्दुबाट खस्न थालेको नेप्से २००८ को मार्चमा ७०० को विन्दुमा बटम लगाउँदै बढेर सन् २००८ को अगस्टमा ११७९ को बिन्दुमा पुगेर टप लगाएको थियो।  

त्यस्तै सन् २०१२ मा पनि मार्च महिनामा २९२ को विन्दुसम्म बजार आइपुगेर त्यहाँबाट बढ्न थालेको थियो। त्यस्तै सन् २०१६ को अगस्तमा १८९० को बिन्दुमा पुगेको नेप्से १८९० को बिन्दुबाट घट्दै १२१९ को बिन्दुसम्म आइपुगेर मार्च महिनाबाट नै बढ्न सुरु गरेको थियो। 

नेपालमा केहि गर्छु, धेरै गर्न सकिन्छ | Jigyasa Aryal | Young Entrepreneur

यसरी हेर्दा मार्केट प्राय: मार्च महिनामा बटम लाग्दै त्यहाँबाट बढ्ने गरेको देखिएको विश्लेषक ढुंगानाले बताएका छन्। अहिले पनि बजार घट्दो ट्रेन्डमा छ र मार्च महिनाको करिब मध्येतिर आइपुग्दै गर्दा बजारमा बटम लागेर माथितिर जाने सम्भावना उच्च रहेको पनि उनले बताएका छन्।  

केहि समय अघि अर्थसंसार डट कम बाट प्रसारण हुने कार्यक्रम टेक्नो गफमा बोल्दै ढुंगानाले यो बुल अझै करिब २ बर्ष बाँकी रहेको र नेप्से ७५०० को बिन्दुसम्म पनि पुग्न सक्ने प्रक्षेपण गरेका थिए।  

622765fcc0bc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको