कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा बोल्दै टेलिभिजनका अध्यक्ष एबं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आईपीओ जारी हुने घोषणा गरेका हुन् ।
टेलिभिजनले आईपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतापत्रमा टेलिभिजनका अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टीभी च्यानल हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस