Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ बाट सुरु हुँदै

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १२ : ३१ मा प्रकाशित

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ बाट सुरु हुँदै

हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुवै बैंक एक भएपछि अब हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो।

यता, फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुनेछन्। यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको