Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सञ्चालकमा रत्नराज्य बज्राचार्य नियुक्त

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, ११ : ०७ मा प्रकाशित

निफ्राको सञ्चालकमा रत्नराज्य बज्राचार्य नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सञ्चालक समितिमा रत्नराज्य बज्राचार्य नियुक्त भएका छन् ।

बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको संस्थापक समूह तर्फको सञ्चालक पदमा बैंकका संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट बज्राचार्यलाई सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।

साथै बैंकका सञ्चालक समिति सदस्य सुमन पोखरेलले आफ्नो व्यक्तिगत कार्य व्यस्तताको कारणले सञ्चालकको रुपमा रही जिम्मेवारी बहन गर्न असमर्थता जनाउँदै सञ्चालक पदबाट दिएको राजिनामा वैशाख १८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको