Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको नाफा २ करोड

बुधबार, ०१ मंसिर २०७३, १४ : ३८ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको नाफा २ करोड

अर्थ संसार
काठमाडौं–प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी चालू आर्थिक बर्षको असोज मसान्तसम्म २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक बर्षको यही अबधिको तुलनामा ५० प्रतिशतले बढेको हो । 


कम्पनीले बीमा शुल्क आर्जन ७४ दशमलव ४४ प्रतिशतले बढाएको छ । उसको बीमा शुल्क आम्दानी ३४ करोड ३६ लाख पुगेको छ । दावी भुक्तानी रकम भने १२ प्रतिशतले घटेर ३८ करोड ७९ लाखमा सिमित भएको छ । भुक्तानी हुन बाँकी रकम १८ प्रतिशत घटेको छ ।

अहिले दावी भुक्तानी गर्न बाँकी १ अर्ब  ३७ करोड रुपैयाँ छ । इन्स्योरेन्सको जगेडा कोष २८ दशमलव ३७ प्रतिशतले घटेको छ । अहिले जगेडा कोषमा १२ करोड ३२ लाख रुपैयाँ छ । कम्पनीको कम्पनीको प्रति शेयर आम्दानी १९।८ रुपैयाँ छ । 

582c206f78ea6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको