Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा आफ्नै बुबालाई खुर्पा प्रहार गरी हत्या गर्ने एक पक्राउ

अर्थ संसार

बुधबार, २९ कार्तिक २०८०, ०९ : ४५ मा प्रकाशित

पोखरामा आफ्नै बुबालाई खुर्पा प्रहार गरी हत्या गर्ने एक पक्राउ

पोखरामा आफ्नै बुबालाई खुर्पा प्रहार गरी हत्या गर्ने एक युवक पक्राउ पक्राउ परेका छन् ।

कार्तिक २८ गते दिउँसो १२:१० बजेको समयमा पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा गोधुली संसार पथ बस्ने ५२ वर्षीय रामु क्षेत्रीलाई उनकै २२ वर्षीय छोरा रविन क्षेत्रीले खुर्पा प्रहार गरी घाईते बनाएका थिए । खुर्पा प्रहारबाट घाइते बाबुलाई उपचारको लागि चरक मेमोरीयल अस्पताल लगिएकोमा साँझ ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

घटना पछि फरार रविनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पास्थित प्रभासबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनलाई कास्कीमा ल्याई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको