Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, २५ पुस २०८०, १५ : ०४ मा प्रकाशित

सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको ९ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरि कुल १४.७ प्रतिशत लाभांश घोषणा गरेको थियो । 

यस अनुसार अब कम्पनीको थप एक करोड १२ लाख १४ हजार एक सय तीन कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ६ सय रुपेयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर बुधबार प्रतिकित्ता २५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको