Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, २६ माघ २०८०, १२ : ०४ मा प्रकाशित

हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि हिमालयन डिस्टिलरी दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप २४ लाख २९ हजार ५६६.६५ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । 

यसैगरी स्वावलम्बन लघुवित्तले दिएको १२.३५९९ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १२.३५९९ प्रतिशत बोनस सेयर र ०.६५०५ प्रतिशत नगद गरि कुल १३.०१०४ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १५ लाख ९५ हजार ०४५ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । 

साथै सांग्रिला विकास बैंक दिएको ५ प्रतिशत बोनस सेयर पनि आजै नेप्सेमा लिस्टिङ भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद गरि कुल ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १६ लाख ३३ हजार ७९५.८६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको