Like us!
Follow us!
Connect us!
Watch us!

दुग्ध विकास संस्थानका महाप्रबन्धक झालाई कालोमोसो दलियो

अर्थ संसार

शुक्रबार, ०४ फागुन २०८०, १२ : १५ मा प्रकाशित

दुग्ध विकास संस्थानका महाप्रबन्धक झालाई कालोमोसो दलियो

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलिएको छ ।

अनियमिता र भ्रष्टाचार गरेको आरोपमा मोहन वैद्य सम्बद्ध क्रान्तिकारी युवा संगठनले कालोमोसो दलिदिएको हो । संगठनको एक समूहले लैनचोर नजिकै संस्थानमै पुगेर शुक्रबार बिहान दुर्व्यवहार गरेको जनाइएको छ । समूहले झाले संस्थाको रकम व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको, कृषकलाई दुधको पैसा भुक्तानी नगरेको लगायतका आरोप लगाएको छ ।

संगठनले केही दिन अघि मात्र यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको