Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्त र युनिभर्सल पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ११ : ३६ मा प्रकाशित

छिमेक लघुवित्त र युनिभर्सल पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि छिमेक लघुवित्तले दिएको ५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १४ लाख १७ हजार ७०१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० का लागि युनिभर्सल पावरले दिएको ८.५५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरि कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १७ लाख ९५ हजार ७९९.२५ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको