Like us!
Follow us!
Connect us!
Watch us!

भारतद्वारा तीन महिनाका लागि मात्रै विद्युत खरिद सम्झौता नवीकरण

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, ११ : ४४ मा प्रकाशित

भारतद्वारा तीन महिनाका लागि मात्रै विद्युत खरिद सम्झौता नवीकरण

भारतले आफ्नो विद्युत निर्यातका लागि नेपालसँग तीन महिनाका लागि मात्रै विद्युत खरिद सम्झौता नवीकरण गरेको छ ।

डे अहेड मार्केटमा बिडिङ मार्फत नेपालले विद्युत आयात गर्दै आएकोमा सम्झौता नवीकरण नहुँदा दैनिक १० घन्टासम्म लोडसेडिङ हुने अवस्था उत्पन्न हुन लागेको थियो । तर तीन महिनाका लागि सम्झौता नवीकरण भएसँगै हालका लागि लोडसेडिङको सम्भावना भने टरेको छ । हाल नेपालको दैनिक विद्युत माग २००० मेगावाट रहेपनि आन्तरिक उत्पादन भने १४०० मात्रै रहेको छ । यस्तो अवस्थामा विद्युत प्राधिकरणले भारतसँग ६ सय मेगावाट विद्युत खरिद गरि माग पुर्ति गर्दै आएको छ ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले विद्युत खरिद सम्झौता नवीकरण नियमित प्रक्रिया भएको र त्यो प्रक्रियामै रहेको पनि जानकारी दिएका थिए । उनले भने अनुसार सम्झौता नवीकरण भए पनि अघिल्ला वर्ष एक वर्षका लागि नै हुने गरेको नवीकरण यसपटक भने तीन महिनाका लागि मात्रै भएको हो ।

उसो तीन महिनापछि सुख्खा याम सकिएर नेपालकै आयोजनाहरुबाट विद्युत उत्पादनमा वृद्धि हुनेगर्दछ । तर पछिल्लो सम्झौता भारतले आफू कम्फरटेबल राजनीतिक परिस्थिति नपाउँदा देखाउने व्यवहारकै एक उदाहरण रहेको कतिपयको बुझाई रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको