Like us!
Follow us!
Connect us!
Watch us!

सडक बत्तीको ६ अर्ब बक्यौता तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १२ : ०० मा प्रकाशित

सडक बत्तीको ६ अर्ब बक्यौता तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।

प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गरी देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो । 

बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत सडक बत्ती जडान गराउन पनि प्राधिकरणले आग्रह गरेको छ । 

साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा ऐनको बमोजिम विद्युत् लाइन काट्न चेतावनी समेत दिएको छ । प्राधिकरणको वितरण केन्द्रमा सम्पर्क गरेर मात्र सडक बत्ती जडान गर्न पनि प्राधिकरणले सुसूचित गराएको छ । 

“देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्न्बुझाउन बाँकी रहेको छ,” प्राधिकरणले भनेको छ, “पत्राचारमार्फत् जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ । बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह गरिन्छ ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको