Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षको बजेट घट्ने

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १७ : १७ मा प्रकाशित

आगामी आर्थिक वर्षको बजेट घट्ने

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट घट्ने बताएका छन् । आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ तय भए पनि वास्तविक बजेट भने १६ खर्ब ९४ अर्बको मात्रै हुने दाबी गरे । 

उपाध्यक्ष डा.श्रेष्ठले १८ खर्बको बजेट सिलिङमा १ खर्ब ६ अर्ब आगामी वर्ष सरकारले तिर्नुपर्ने ऋणको साँवा ब्याज तिर्नुपर्ने हुँदा १६ खर्ब ९४ अर्बको मात्रै मन्त्रालयहरूलाई बाँडफाँड गर्ने बजेट भएको उनको भनाइ छ । 

मङ्गलवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सरकारले मन्त्रालयहरूलाई वितरण गर्दा केही मन्त्रालयहरूको धेरै र केहीको कमले बजेट घटेको जानकारी दिए ।  उनले बजेट घटाउनुपर्ने अवस्था भए पनि कामहरू धेरै गर्नुपर्ने भएको बताए । उपाध्यक्ष श्रेष्ठले बजेटलाई तीन समूहमा विभाजन गरी प्रस्ताव गरिएको बताए ।

श्रेष्ठले सरकारले राजश्व कर छलीको हकमा केही सुधार गरी राजश्व वृद्धि गर्नेगरी कामको थालनी गरेको बताए । सरकारको पुँजीगत खर्च गर्ने रकम अहिले ५ खर्ब भए पनि खर्च गर्ने क्षमता कम भएको कारण पुँजीगत खर्च बढाउनको लागि केही संरचनागत र विधिगत व्यवस्थाहरू अगाडी बढाएको उनको भनाइ थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको