Like us!
Follow us!
Connect us!
Watch us!

शिल्पा शेट्टी र उनका पतिमाथी सम्पत्ति शुद्धीकरणकाे मुद्दा ,डेढ अर्ब बढिको सम्पत्ति जफत

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १५ : ४८ मा प्रकाशित

शिल्पा शेट्टी र उनका पतिमाथी सम्पत्ति शुद्धीकरणकाे मुद्दा ,डेढ अर्ब बढिको सम्पत्ति जफत

भारतीय अभिनेत्री शिल्पा शेट्टी र उनका पति व्यवसायी राज कुन्द्रामाथी सम्पत्ति शुद्धीकरण (मनिलाउन्ड्रिङ) को मुद्दा परेको छ ।

उनीहरुमाथि लगानीकर्ताहरूलाई धोका दिएर अस्पष्ट अनलाइन वालेटहरूमा अवैध रूपमा प्राप्त ६६ सय करोड भारतीय रूपैयाँको बिटक्वाइनहरू लुकाएको आरोपमा कारबाही गरीएको हो। 

भारतीय संचारमाध्यमका अनुसार  बिहीबार प्रवर्तन निर्देशनालय (ईडी)ले शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको १ अर्ब ५६ करोड ८० लाख रूपैयाँ (करिब ९८ करोड भारतीय रुपैयाँ) को सम्पत्ति जफत गरेको छ । 

जफत गरिएका सम्पत्तिमध्ये शिल्पा शेट्टीको नाममा रहेको मुम्बईको जुहूमा रहेको एउटा फ्ल्याट र राज कुन्द्राको नाममा रहेको पुनेमा रहेको बंगला पनि समावेश छ। यसबाहेक जफत गरिएको सम्पत्तिमा इक्विटी सेयर पनि समावेश छ । करिब ९७.७९ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गर्न मनी लान्ड्रिंग ऐन (पीएमएलए) को प्रावधान अन्तर्गत एक अस्थायी संलग्न आदेश जारी गरिएको छ।

ईडीले आरोपीहरूमाथि लगानीकर्ताहरूलाई धोका दिएर अस्पष्ट अनलाइन वालेटहरूमा अवैध रूपमा प्राप्त बिटक्वाइनहरू लुकाएको आरोप लगाएको छ ।

शिल्पा शेट्टी बलिउडकी चर्चित अभिनेत्री हुन् । उनका श्रीमान् राज कुन्द्रा पनि फिल्मी दुनियाँमा प्रवेश गरिसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको