Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसियाको एनपील १० माथिको हल्लालाई रिपोर्ट मार्फत बैंकको जवाफ, सूचकमा भने गिरावट

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ०७ : ०७ मा प्रकाशित

एनआईसी एसियाको एनपील १० माथिको हल्लालाई रिपोर्ट मार्फत बैंकको जवाफ, सूचकमा भने गिरावट

एनआईसी एसिया बैंकले यस आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट मार्फत बैंकको खराब कर्जा १० माथि आउने हल्लालाई चिरेको छ। तर  बैंकको यस त्रैमासमा अधिकांश सूचकहरु घटेका छन्। खुद ब्याज आम्दानी घट्नु र खराब कर्जा बढनुको  कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको छैन। 

सूचक 

खुद नाफा 

तेस्रो त्रैमास सम्म बैंकको खुद नाफामा घटेको  देखिन्छ।  बैंकले यस आर्थिक वर्षको  ९ महिनामा  १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ .। गत वर्ष यसै अवधिसम्म बैंकले४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन ५२.३१ प्रतिशतले घटेको हो।   

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी घटेको छ। यस त्रैमास सम्म बैंकले   ८ अर्ब १८ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ९ अर्ब ९ करोड खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक ९.९५ प्रतिशतले घटेको देखिन्छ। 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म सम्म  ३ अर्ब ६२ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अहिले ३७.३१% प्रतिशतले घटेको छ।

खराब कर्जा अनुपात (एनपील)
बैंकले  खराब कर्जा अनुपात (एनपील) १.७६% पुगेको छ। 

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्ज २३ करोडबाट बढेर २ अर्ब १४ करो पुगेको छ ।

चुक्तापुँजी 
१४ अर्ब ९१ करोड

रिजर्भ
१७ अर्ब ४५ करोड

वितरणयोग्य मुनाफा
१ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक

प्रति सेयर आम्दानी (ईपीएस)
१७.२९ रुपैंया 

पीई रेसियो
२२.८५ गुणा

प्रति सेयर नेटवर्थ 
२०५.४७ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको