Like us!
Follow us!
Connect us!
Watch us!

मध्य वैशाखसम्म तराईमा हिटवेभ चल्ने मौसम विभागको पूर्वानुमान, लु बाट कसरी बच्ने ?

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १८ : ५५ मा प्रकाशित

मध्य वैशाखसम्म तराईमा हिटवेभ चल्ने मौसम विभागको पूर्वानुमान, लु बाट कसरी बच्ने ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मध्य वैशाखसम्म दक्षिण तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना रहने प्रक्षेपण गरेको छ ।

विगत केही दिनदेखि देशभरिकै अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा विगत दूई दिन देखि तथा सुदूर पश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानहरूमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तल्लो तराईका धेरैजसो भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुँदा आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। भूभागहरूमा आगामी ५ दिन अर्थात वैशाख १० गतेदेखि वैशाख १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ । साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन पनि विभागले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्दछन् । त्यसबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने जस्ता उपाय अपनाउन सकिनेछ ।

यसैगरी नियमितरुपमा पटकपटक पानी तथा जुस, सर्वत, जस्ता झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले अनुरोध गरेको छ । आगामी सातासम्म देशैभरी वर्षाको न्यून सम्भावना रहँदा गर्मी अझ बढ्ने प्रक्षेपण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको